शिखर र आइएमई जनरल इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्दै
काठमाडौं । दुई निर्जिबन बीमा कम्पनीहरुले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ ।
शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले केही समय अघि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेकोमा नबिकेको शेयर पुनः लिलाम बढाबढ मार्फत बिक्री प्रक्रिया अघि बढाएको हो ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि चैत २१ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा सर्वसाधारण समूहतर्फ ७७ हजार ७२० कित्ता शेयरका लागि आवेदन नपरेकोले उक्त शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने लगानीकर्ताले वैशाख २६ गतेभित्र कम्पनीले तोकेको केन्द्रहरु एनआइबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु, पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बीरगंज, गोल्छाचोक विराटनगर, त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, विर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालजंज र धनगढीबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेको संस्थापक समूहतर्फ २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फ ८८ हजार ९३४ कित्ता शेयर गरी कुल ९१ हजार १९५ कित्ता शेयरको लागि आवेदन नपरेकोले उक्त शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने लगानीकर्ताले वैशाख २० गतेभित्र कम्पनीले तोकेको केन्द्रहरु ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड झापा, हनुमानदास रोड, विराटनगर मोरङ, जनकपुर धनुषा, आदर्शनगर वीरगंज पर्सा, हेटौंडा मकवानपुर, नारायणगढ चितवन, न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल रुपन्देही, बागलुङ्ग बजार, त्रिभुवन चोक नेपालगंज बाँके, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी कैलाली, महेन्द्रनगर कञ्चनपुरबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले वैशाख १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।