सूर्या लाइफको ब्राण्डिङ हेडमा गिरी नियुक्त, कम्पनीलाई अझै शिखरमा पुर्याउने प्रतिबद्धता

११ बैशाख २०७९, आईतवार ११:३०

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा मार्केटिङ प्रमुखको रुपमा चर्चित ब्राण्डिङ क्षमताका धनी मेघेन्द्र प्रकाश गिरीले सम्हालेका छन् । गिरीले आफू सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएको जानकारी दिएका छन् । गत वर्षको असारबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छोडेको गिरी अब सूर्या लाइफको ब्राण्डिङमा प्रवेश गरेका हुन् ।

कम्पनीको डेपुटी एजिएमको पदमा रहेर ब्राण्ड, डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेसन विभाग प्रमुखको रुपमा गिरीले गत बिहीबारदेखि नै कार्यभार सम्हालिसकेको बीमापोष्टलाई जानकारी दिए । अर्थशास्त्रमा स्नातकोत्तर गिरीले बीमा क्षेत्रमा लामो समय ब्राण्डिङको काम गरिसकेका छन् । यसअघि कान्तिपुर टिभी, एनआईसी एसिया बैंक, नेपाल लाइफमा कुशलतापूर्वक आफ्नो भूमिका निवाृह गरिसकेका छन् ।

नयाँ जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्दै कम्पनीलाई ब्राण्डिङमार्फत नेपालीहरुको मन मस्तिष्कमा राख्न सफल बनाउने प्रतिबद्धता गिरीले व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*