मनमोहन अस्पतालमा टेष्टट्युव वेवी सेवा सुरु, बागमति प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

१० बैशाख २०७९, शनिबार १८:०४

काठमाडौं । राजधानीको स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा आईभिएफ सेवा आजबाट सुरु गरिएको छ । निसन्तान दम्पत्तिहरुलाई लक्षित गरेर सुरु गरिएको आईभिएफ (टेष्ट ट्युव बेवी) सेवाको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेपालकै पहिलो आईभिएफ सेवा सुरु गर्ने चिकित्सक डा. भोला रिजालले संयुक्त रुपमा मनमोहन आईभिएफ सेवाको उद्घाटन गरेका हुन् ।

निसन्तान दम्पत्तिहरुका लागि टेष्ट ट्युव वेवी सेवाको सुरुवात गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए । मुख्यमन्त्री पाण्डेले मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले देशमा १९ जनाले निजि शिक्षण अस्पताल सञ्चालन गर्दा दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको आरोप लगाए । मुख्यमन्त्री श्रेष्ठले मनमोहन अस्पतालले सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने भयले निजि मेडिकल कलेजहरुको योजनामा मनमोहनलाई रोक्ने काम भएको आरोप समेत लगाए ।


टेष्टट्युव वेवी सेवा सुरुवात कार्यक्रममा डा. भोला रिजालले नेपालमै टेष्टट्युव वेवी सेवाले नेपाली निसन्तान दम्पत्तिहरुलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताए ।

टेष्टट्युव वेवी सेवा सुरुवात कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा. बंशिधर मिश्रले निसन्तान दम्पत्तिहरुको पीडालाई खुशीमा बदल्न यस्तो सेवा थप गरिएको बताए ।


डा. उषा श्रेष्ठ खाँड, बाला मल्ल श्रेष्ठ र चुनुमिला महर्जनले संयुक्त रुपमा नेतृत्व गरेको मनमोहन आईभिएफ प्रा.लिले आजबाट औपचारिक रुपमा सेवा सुरु गरेको जानकारी दिइयो । १८ वर्ष पहिले डा. भोला रिजालले पहिलो पटक सुरु गरेको टेष्टट्युव बेवी विस्तारै फराकिलो हुँदै गएर मनमोहन अस्पतालमा सेवा विस्तार गरिएको जानकारी डा. उषा श्रेष्ठ खड्गीले जानकारी दिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*