इप्पान र एफक्यानद्धारा दोस्रो दिन बीमा समितिमा धर्ना

९ बैशाख २०७९, शुक्रबार १३:५०

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र इप्पानले आज दोस्रो दिन पनि बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) हिजोबाट आन्दोलित भएका हुन् ।

बीमा कम्पनीहरुको सँगको मिलिमतेमा जारी भएको उक्त निर्देशिकाले ऊर्जा परियोजना र भौतिक पूर्वाधार निर्माणको क्षेत्रलाई गम्भीर समस्यामा पारेको तथ्यतर्फ बीमा समितिको पटक–पटक लिखित मौखिकरुपमा ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएपछि सरोकारवाला संस्थाहरु आज पनि आन्दोलित भएका हुन् ।

आन्दोलनको दोस्रो दिन आज शुक्रबार बीमा समितिको कार्यालयमा दिउसो १ बजेदेखि २ बजेसम्म शान्तिपूर्ण धर्नाको कार्यक्रम बसेको हो ।कालो ब्यानर र प्लेकार्डसहित बीमा समितिको कार्यालय पुगेका सरोकारवाला संस्थाहरुले धर्ना कार्यक्रमभर नाराबाजी गरेका थिए ।

धर्ना कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बीमा समितिको बलजफ्ती रबैयाले आफूहरुलाई आन्दोलन गर्न बाध्य पारेको बताएका छन् ।उनले ऊर्जा र निर्माण ब्यबसायलाई चौपट पार्ने उक्त निर्देशिका खारेज नभएसम्म आन्दोलन निरन्तर जारी रहने प्रष्ट पारेको थियो ।

आफ्नो मागका विषयमा सरोकारवाला निकायहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्था गरेको कारणले बाध्यता भएर आन्दोलनमा उत्रिनु परेको महासचिव रोशन दाहालको भनाई छ ।विश्वव्यापी मान्यताविपरीत बिमासमितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघले विरोध जनाउँदै आईरहेको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने सोमबार नेपाल निर्माण व्यवसायी महासंघ छलफलको लागि पत्र पठाईसकेको बताएपनि आफनो मागहरुमा अडिग रह्न र चाडौ माग संसोधन गर्न आज दोस्रो दिन पनि धर्ना बसेको महासंघले जनाएको छ ।

निर्देशिकामा विमित बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि वीमितले बीमकबाट क्षतिपूिर्र्त दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न अव्यावहारिक सर्तहरु राखिएको महासंघले जनाएको छ ।यसले अहिले नै बीमितले बीमाबापतको दाबी भुक्तानी नपाइरहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउने भएर बीमक र वीमितबीचमा चर्को बैमनश्यता र तनाब उत्पन्न गर्ने महासंघको ठहर छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*