नेप्सेमा थप ५ लाख २८ हजार बोनस शेयर सूचीकृत
९ बैशाख २०७९, शुक्रबार १२:३५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
लघुवित्तको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको छ । सो प्रतिशत दरको ५ लाख २८ हजार ५०९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।