आइपीओ निष्काशनको तयारीमा रहेको खप्तड लघुवित्तले पायो बीबी माइनस रेटिङ

९ बैशाख २०७९, शुक्रबार १२:१७

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपालबाट (इक्राएनपी–आईआर) बीबी माइनस निष्काशनकर्ता रेटिङ पाएको छ ।
यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेष्को राय भने नरहेको बताएको छ ।

कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न तयारी गरिरहेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*