संचालन मुनाफा बढेसँगै कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानीमा बृद्धि
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाका ेनाफामा उत्कृष्ट सुधार आएको छ ।
चालु आवको चैत मसान्तसम्ममा संस्थाले ११ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ८६.१४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ६ करोड ९७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा समेत बढ्न पुगेको छ । जसले गर्दा संस्थाको खुद नाफामा उत्कृष्ट सुधार आएको हो । यस अवधिसम्ममा संस्थको खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले बढेर २१ करोड ९५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संचालन मुनाफा पनि १०४६ प्रतिशतले बृद्धि भएर ८ करोड ३५ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको संचालन मुनाफा जम्मा ७२ लाख ८३ हजार रुपैयाँ मात्रै रहेको थियो ।
त्यस्तै, चैत मसान्तसम्ममा संस्थाले १ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९० करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिसम्ममा संस्थाको कुन निक्षेप १८ प्रतिशत र कर्जा परिचालन १० प्रतिशतले बढेको हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तको चुक्तापूँजी २३ प्रतिशले बृृद्धि भई ३१ करोड २८ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार १९.२० प्रतिशतले बढेर २१ करोड १९ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै संस्थाको वार्षिकी प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य बृद्धि भएको छ । गत आवको यसै अवधिसम्ममा ३१.७५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस अवधिसम्ममा १५.९२ रुपैयाँ बढेर ४७.६७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेवटर्थ २.७२ रुपैयाँ घटेर १६७.७३ रुपैयाँ पुगेको छ ।