उपकार लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

९ बैशाख २०७९, शुक्रबार १०:१६

काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् ।

जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*