खिलुङ कालिकामा साढे तीन करोड रुपैयाँ घोटालाबारे जनरल इन्स्योरेन्स कम्पनीको दावी उप समितिले गरेको छानविनमा के छ ? (माईन्यूटसहित)

८ बैशाख २०७९, बिहीबार २२:३२

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीभित्र घटेको चर्चित खिलुङ कालिका घोटाला काण्ड बीमाको सिद्धान्त विपरित रचिएको योजनाबद्ध आर्थिक अपराध भएको सोही कम्पनीको दावी उप समितिले निष्कर्ष निकालेको फेला परेको छ । कम्पनीको दावी समितिले गरेको छानविन पश्चात बसेको बैठकले खिलुङकालिका काण्डमा बीमाको दावी भुक्तानी नभई योजनाबद्ध भ्रष्टाचार भएको आशय व्यक्त गर्दै सोको लागि पुनर्बीमा कम्पनीमा दावी नगर्ने बरु सो कार्यमा संलग्न अध्यक्ष कुनाल कयाल, महाप्रबन्धक एसके तमोट तथा लेखा प्रमुख निल बरालीलगायतका कर्मचारीबाट असुल उपर गर्ने निर्णय गरिएको फेला परेको छ ।

बीमा समिति र नेपालका भ्रष्टाचार निवारण सम्बन्धी निकायको धज्जी उडाउने गरी भएको सो काण्ड स्याङ्जाको भिरकोट गाउँपालिकामा खुमा प्रसाद अर्याल, केशव न्यौपानेसहित ७ जना सञ्चालक भएको खिलुङ कालिका एग्रो फर्ममा कृत्तिम रुपमा घटना रचना गरी तीन करोड ५० लाख भन्दा बढि रुपैयाँ घोटाला गरिएको थियो । कम्पनीमा बर्डफ्लु लागेर कुखुरा मर्न थालेपछि अध्यक्ष कयालसँगको सेटिङमा जनरल इन्स्योरेन्स कम्पनीमा बीमा गराइएको र कम्पनीले नेपाल पुनर्बीमा कम्पनीलाई थाहै नदिई रकम भुक्तानी गरिसकेपछि दावी भुक्तानी मागेको थियो ।

सर्वसाधारणको लगानी रहेको तथा सर्वसाधारणले बीमा शुल्क लिई रक्षावरण गर्न संस्थापित कम्पनीमा भएको सो घोटाला काण्डका संलग्नहरुलाई हालसम्म पनि कुनै कारवाही गरिएको छैन । तर, बीमापोष्टलाई प्राप्त कागजातमा जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अन्तर्गतको दावी भुक्तानी समितिले गरेको छानविनको क्रममा खिलुङ कालिका काण्डमा कम्पनीका अध्यक्ष कयाल, महाप्रबन्धक तमोट, सह–महाप्रबन्धक निल बरालीको प्रत्यक्ष संलग्नता रहेकोले निजहरुबाट दामाशाहीले असुल उपर गर्ने तथा निलम्वन गरी विभागीय कारवाही गर्ने निर्णय गरेको माईन्यूटबाट खुल्न आएको छ ।
बीमाको आधारभूत सिद्धान्त विपरित जनरल इन्स्योरेन्स कम्पनीले कखुरा भटाभट मर्दै गरेको अवस्थामा बीमा गरिएको तथ्यहरुले औल्याएका छन् । खिलुङ कालिकाले कुखुरा मर्न सुरु गरेपछि बीमा गरेको तथा कुखुरा मरेको ३६ औं दिनमा बल्ल जानकारी गराएको पाइएको छ ।

खिलुङ कालिका एग्रो फर्ममा गरिएको कुखुराको बीमा र दावी भुक्तानी सुरुदेखि अन्त्यसम्म गैर कानुनी र नियोजित भएको जनरल इन्स्योरेन्स कम्पनीकै दावी भुक्तानी उपसमितिले ठहर गरिसक्दा पनि कम्पनीले भने नेपाल पुनर्बीमा कम्पनीमाथि बीमा समितिमा उजुरी हालेर बसिरहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीबाट २०७६ साल असार १० गते खिलुङ कालिका एग्रोको नाममा बीमा पोलिसी जारी भएको थियो । कम्पनीले बुझाएको प्रतिवेदन अनुसार असार ११ गतेदेखि नै कुखुरा मर्न थालेको भन्दै २०७६ साउन १२ गते लिखित रुपमा जनरल इन्स्योरेन्स कम्पनीमा जानकारी गरायो तर लिखित पत्र भने साउन २२ गते मात्रै दर्ता भएको थियो । जबकी पंक्षी बीमाको दावी भुक्तानीको लागि घट्ना घटेको २४ घण्टाभित्रैमा जानकारी दिनुपर्ने व्यवस्था छ ।

नेपाल पुनर्बीमा कम्पनीले सो बीमा दावी भुक्तानीको सम्बन्धमा जनरल इन्स्योरेन्स कम्पनीलाई ७ वटा वटा गैर कानुनी र सम्झौता उल्लंघनका घटनाहरु पाइएकोले दावी भुक्तानी दिन नसक्ने पत्र २०७७ साल साउन २२ गते दिएपछि जनरल इन्स्योरेन्स कम्पनीका दावी समितिका संयोजक शशी श्रेष्ठको अध्यक्षतामा छानविन गरिएको थियो । सो समितिले पुनर्बीमा कम्पनीले कुखुरा मर्न थालेपछि बीमा गराएको, कुखुरा मरेको धेरै समय पछि मात्रै सर्भेयर पुगेको, कुखुरा मरेको हो भनेर प्रमाणित गर्ने चिकित्सक मोबाइल भेटेनरी क्लीनिकका अनन्त दाहाल भनिएकोमा सो क्लिनिकमा बलराम थापा नाम गरेको डाक्टर भेटिएको र अनन्त दाहाल नाम गरेको चिकित्सक सो क्लिनिकमा कार्यरत नरहेको प्रमाणित भएकोले उक्त दावी फर्जी हुनसक्ने जानकारी जनरल इन्स्योरेन्स कम्पनीलाई गराएको पाइएको भन्ने नेपाल पुनर्बीमा कम्पनीको जिकिरलाई अन्यथा मान्न नसकिने निर्णय गरेको थियो ।

२०७७ साल कार्तिक १२ गते सो कम्पनीको दावी भुक्तानी उपसमितिका संयोजक शशी बज्राचार्यको संयोजकत्वमा बसेको बैठकले खिलुङ कालिका काण्डमा संलग्नमाथि कारवाही गर्न माईन्यूट गरेको कागजातहरु प्राप्त भएका छन् । सो बैठकले तत्कालिन महाप्रबन्धक सानुकाजी (एसके) तमोट, नायब महाप्रबन्धक राजेश मानन्धर, उप महाप्रबन्धक बिनेश मास्के, उप महाप्रबन्धक निल बराइली र बरिष्ठ प्रबन्धक प्रदिप कुमार यादव संलग्न भएको भन्दै कारवाही गर्न सिफारिस गरेको थियो । तर, मुख्य योजनाकार तथा कम्पनीका अध्यक्ष कुनाल कयालले अहिलेसम्म कुनै पनि कर्मचारीहरुलाई कारवाही गरेका छैनन् ।

रोचक कुरा के छ भने सो माईन्यूटमा सह–महाप्रबन्धक तथा लेखा प्रमुख निल बराली तथा अर्का कर्मचारी प्रदिप कुमार यादवले हस्ताक्षर गरेका छन् ।

 

हेरौं माईन्यूट

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*