गोर्खाज फाइनान्सको नाफा ६५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दनी कति ?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ६५.३२ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले २७ करोठ ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा समेत घट्न पुगेको छ । यस अवधिसम्ममा खुद ब्याज आम्दानी ३२.६५ प्रतिशतले घटेर १५ करोड ३५ लाख रुपैयाँ सीमित हरेको छ भने संचालन मुनाफा ६५ प्रतिशतले घटेर १३ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै नाफामा उच्च गिरावट आएको हो । त्यस्तै, चैत मसान्तसम्ममा फाइनान्सले ७ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ८६ करोड ७१ लाख रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी घटेर १४.५८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८५.९० रुपैयाँ पुगेको छ ।