चालु आवको ९ महिनामा पूँजीगत लाभकर आम्दानी १६ प्रतिशतले बृद्धि

८ बैशाख २०७९, बिहीबार १२:१८

काठमाडौं । केही समययता घट्दै गइरहेको शेयरबजारका कारण लगानीकर्ताहरुमा निराशापन छाएको छ । देशको आर्थिक संकट तथा घट्दो विदेशी मुद्रा संचिती र बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको कारणले शेयरबजार घट्दै गइरहेको प्रक्षेपण गरेका लगानीकर्ताहरुले चालु आर्थिक वर्षमा उच्च पूँजीगत कर तिर्नुपर्ने बाध्य छ ।

शेयरबजारको पछिल्लो समयको तथ्याङ्कले लगानीकर्ताहरु निराश बनिरहको समयमा नेपाल सरकारले पाउने पुँजीगत कर भने बढेको छ । सीडीएससीले उपलब्ध गराएको चालु आर्थिक वर्षको ९ महिनासम्मको तथ्यााङ्कअनुसार सरकारले पाउने पूँजीगत लाभकर गत आवको यसै अवधिको तुलनामा १५.९५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा यसै अवधिसम्ममा शेयरबजारबाट सरकारले पाउने पुँजीगत लाभकरवापत ८ अर्ब ३९ करोड २ लाख ७२ हजार ५८७ रुपैयाँ प्राप्त गरेको सरकारले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ९ अर्ब ७२ करोड ८६ लाख ७५ हजार ४२१ रुपैयाँ प्राप्त गरेको छ ।

शेयरबजारबाट सरकारले एक वर्षको अवधिमा १ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ बढी पूँजीगत कर प्राप्त गरेको सीडीएससीले प्रकाशित गरेको तथ्यांकमा देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षदेखि पूँजीबजारमा लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी दुई वर्गमा विभाजित गरेको थियो । जसअनुसार अल्पकालीन लगानीकर्ताअन्तर्गत शेयर किनेको एक वर्षभित्र शेयर बिक्री गर्दा ७.५ प्रतिशत लाभकर सरकारलाई बुझाउनुपर्ने हुन्छ भने एक दीर्घकालीन लगानीकर्ता अन्तर्गत एक वर्षभन्दा समयपछि शेयर बिक्री गर्दा ५ प्रतिशत मात्रै पूँजीगत लाभकर बुझाउनु पर्ने हुन्छ । जसकारण चालु आवमा सरकारले पूँजीगत लाभकर वापत १ अर्ब भन्दा धेरै प्राप्त गरेको देखिएको हो ।

गत आर्थिक वर्षमा अल्पकालीन र दीर्घकालिन दुवै लगानीकर्ताले आफुसँग भएको शेयर जतिसुकै समयमा बिक्री गरेतापनि ५ प्रतिशत मात्रै पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*