अपर सोलु हाइड्रोपावरले पायो बोर्डबाट आइपीओ जारी गर्ने अनुमति

८ बैशाख २०७९, बिहीबार ११:४४

काठमाडौं । अपर सोलु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने छ।

.हाइड्रोपावरले जारी पूँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो। हाइड्रोपावरले स्थानीय र सर्वसाधरणका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने छ । हाईड्रोपावरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बैशाख ४ गते आइपीओ निष्कासनका लागि हिमालयन हाइड्रोपावर लिमिटेडले पनि बोर्डबाट अनुमति पाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*