लगातार सकिर्ट लागेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट

८ बैशाख २०७९, बिहीबार ११:२६

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ह्वात्तै घटेको छ ।

धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सकारात्मक सर्किट लागेको लघुवित्तको शेयर अघिल्लो दिन नकारात्मक सर्किट लागेको थियो । कम्पनीको शेयरमूल्य ३ हजार रुपैयाँसम्म पुगेर हिजो एकैदिन ३०१ रुपैयाँले घटेर २७१० रुपैयाँ ३० पैसा कायम भएको थियो ।

आज बजार खुलेको केही समयमा नै सो कम्पनीका शेयरधनीले धमाधम शेयर बेच्न थालेपछि कम्पनीको शेयरमूल्य ह्वात्तै घट्न थालेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर ८.९८ प्रतिशत अर्थात् २४३ रुपैयाँ ३० पैसाले घटेर २४६७ रुपैयाँमा झरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*