आइसीएफसी फाइनान्सको खुद मुनाफा र ब्याज आम्दानी घट्यो

८ बैशाख २०७९, बिहीबार १०:४८

काठमाडौ । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।३२ प्रतिशत घटेको छ ।

मीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३७।९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२।०५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा ०।५१ प्रतिशतबाट बढेर १।२४ प्रतिशत पुगेको छ। यससँगै कम्पनीको इम्पेरमेन्ट चार्ज २ करोड ९९ लाख रुपैयाँबाट बढेर ५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा खुद नाफा घट्न पुगेको हो।

खुद नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ८ रुपैयाँ ४९ पैसा घटेर १४ रुपैयाँ ६७ पैसामा झरेको छ। चैत मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५।९३ गुणा रहेको छ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १०।४ प्रतिशत बढेको छ भने जगेडा कोष ९।७७ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको निक्षेप १४।६१ प्रतिशत बढेको छ भने कर्जा ३३।२८ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*