ठमेलस्थित मनाङ होटलको सातौं तल्लाबाट खसेर पर्यटकको मृत्यु

७ बैशाख २०७९, बुधबार २२:३२

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मनाङ होटलले आवश्यक प्रभावकारी सुरक्षा प्रबन्ध गर्न नसक्दा पर्यटकको मृत्यु भएको अनुमान गरिएको छ । कोरोना महामारीका कारण प्रभावित पर्यटन उद्योगमा आजको घटनालेन नराम्रो असर पर्न गएको छ । घटनामा बीमा दावी पर्ने अनुमान गरिए पनि नेपालमा भने पर्नेछैन । यात्रुले सम्बन्धित देशबाटै यात्रा बीमा गरेर आउने भएकोले नेपालमा बीमाको भार पर्ने सम्भावना कम हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*