एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर उदय भाट मेयरमा उम्मेदवारी दिँदै

७ बैशाख २०७९, बुधबार १७:२०

काठमाडौं । एशियन लाइफका एजेन्सी म्यानेजर उदय भाटले स्थानीय तहको निर्वाचनमा कैलालीस्थित लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा स्वतन्त्र उम्मेदवारी घोषणा भएका छन्। २१ वर्षीय भाटले उम्मेदवारी घोषणा गरेका हुन् ।

लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय छन् । असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान संचालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन् ।

उनले भने, “नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर केही गर्छु भनेर अगाडि बढ्नको एउटा सहि समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो । यो समय मत मात्रै होइन मनको सर्वेक्षण गर्ने पनि समय हो , उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*