नेष्डो समृद्ध लुघवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । अघिल्लो दिन १३ अंकले बढेर हरियाली छाएको शेयरबजारमा आज ३६ अंकको गिरावट आएको छ । केही दिनयता शेयरबजार घट्दो क्रम बढीरहेको छ ।
नेप्से इन्डेक्स घटेर २३२०.५१ विन्दुमा कायम भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा लगातार गिरावट आइरहेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से घटेसँगै कारोबार समेत खुम्चिएको छ । एक अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक नेष्डो समृद्ध लघुवित्तको खरिदबिक्री भएको छ । कम्पनीको शेयरमूल्य आज ह्वात्तै घटेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् । लघुवित्तको आज एकैदिन १४ करोड १९ लाख ४७९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड २ लाख, सिद्धार्थ बैंकको ४ करोड २९ लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड १५ लाख र नबिल बैंकको ३ करोड ५७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।