शेयरबजारमा ३६ अंकको गिरावट, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

७ बैशाख २०७९, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा कायम भएको छ ।

देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा लगातार गिरावट आइरहेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै सूचकमा हरियाली छाउँदा आज १३ उपसूचक नै राताम्य भएको छ । आज सर्वाधिक बीमा समूहको घट्न पुगेको छ । केही दिनयता बीमा कम्पनीहरुको शेयर घट्दै गइरहेको छ ।

आज जीवन बीमा समूहको २४६.४७ रुपैयाँ र निर्जिबन बीमा समूहको १६९.८३ रुपैयाँले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*