बागलुङ नगरपालिकाका ३ सयभन्दा बढी कृषकले पाए बीमा सुविधा

७ बैशाख २०७९, बुधबार १३:५१

काठमाडौं । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ जना किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको छ ।

वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जातका ३ हजार चल्ला वितरण गरिएको हो । १०० रुपैयाँ पर्ने चल्लालाई किसानले ५० रुपैयाँ तिरेका थिए भने समितिमार्फत वडाले ५० रुपैयाँ अनुदान दिएको थियो ।

सो अनुसार उक्त वडाभित्रका एक जना किसानले अब ८ देखि १२ वटा सम्म चल्ला पाउने अध्यक्ष सापकोटाले बताए । उनका अनुसार वडाको मात्रै एक लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

साथै समितिले अनुदानमा चल्ला वितरणसँगै १३२ गाईभैंसीको बीमाका लागि पनि किसानलाई सहयोग पुर्याएको छ । उक्त वडाका सबै किसानले १ करोड ७२ लाख बराबरको बीमा गरेका छन् ।

एउटा भैंसीको अधिकतम एक लाख १५ हजार रुपैयाँसम्म मोल गरी बीमा गरिएको छ । गाई र भैंसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पशु बीमामा ६८ हजार रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*