सिटिजन लाइफको गोरखा शाखाद्वारा मृत्यु दावी भुक्तानी

७ बैशाख २०७९, बुधबार १२:२८

गोरखा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।टेम्केमैयुङ गाउंपालिका वडा नंवर १ भोजपुर निवासि ३९ बर्षिय तेज कुमार राईको मृत्युदावी बापत उनका हकवाला गीता खत्रीलाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको हो ।

२०७८ असार मसान्तमा १५ बर्षको लागि, ५ लाखको सिटिजन शुभारम्भ बीमा योजना खरिद गरेका राईको कोभिड–१९ को कारण गत पौष २३ गते मृत्यु भएको थियो । पहिलो किस्ता रु.३५७६२ मात्रै बुझाएका राईको मृत्यु दावी रकमको चेक गोरखा नगरपालिका वडा नंबर ८ बराह स्थित बीमीतको घरैमा पुगेर शाखा प्रबन्धक हरिहर आचार्यले हस्तान्तरण गरेका हुन् भने कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख टेक बहादुर कोइराला, सिनियर एजेन्सी मेनेजर काजिराम अधिकारी लगायत टोलवासिको उपस्थिति रहेको थियो ।

नेपाली बीमा बजारमा नवीनतम विशेषताहरु सहित आएको सिटिजन लाइफका डबल + बोनस, दुइगुणा वीमाङ्क सुबिधा, घातक रोग उपचार खर्च र बालबच्चाको उच्च शिक्षाको लागि धेरै रुचाइएका वीमा योजनाहरु रहेको समेत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*