सेन्चुरी बैंकको खुद नाफामा १८३ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी बढ्यो

७ बैशाख २०७९, बुधबार १२:१३

काठमाडौं । सेन्चुरी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चैत मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ ।

चालु आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा बैंकले जम्मा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी र संचालमा मुनाफामा उल्लेख्य बृद्धि भएँगै कम्पनीले नाफामा फड्को मारेको हो । समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ र संचालन मुनाफा १८३.५९ प्रतिशतले बढेर १ अर्ब १ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिसम्ममा बैंकको खराब कर्जा १.३६ प्रतिशतले घटेको छ भने प्रतिशेयर आम्दानी ८.८८ रुपैयाँ बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ६.३५ रुपैयाँ बढेर १२४.१६ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*