सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

७ बैशाख २०७९, बुधबार ११:२१

काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलमा १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन १ लाख २ हजा १०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन तोलामा १४ सय २० रुपैयाँमा काराबोर भएको चाँदी आज ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*