सूर्योदय वोमी लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

७ बैशाख २०७९, बुधबार ११:१४

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । सूर्योदय र वोमी लघुवित्त एकआपसमार गाभिएर सूर्योदय वोमी लघुवित्तको नाममा एकीकृत कारोबार सुरु गरेपछि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

संस्थाको वैशाख ६ गते बसेको संचालक समितिको बैठकले संस्थाको शेयर रजिष्ट्रारको रुपमा कार्य गर्न कुमारी क्यापिट लिमिटेड, काठमाडौंलाई नियुक्त गरेको हो ।

दुई लघुवित्त मर्जरमा जाुन भन्दा अघि दुवै लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो । एक आपसमा गािभएर एकीकृत कारोबार गर्न सुरु भएपछि सम्पूर्ण शेयरसम्बन्धि कारोबार गर्न लघुवित्तले कुमारी क्यापिटललाई जिम्मा दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*