महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

७ बैशाख २०७९, बुधबार ११:०४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकको २०औं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुकक्लोज हुँदाको मितिमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा उक्त बोनस शेयर चैत ३० गतेदेखि जम्मा गरिदिएको हो ।

साथै भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र स्वतः सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*