२० प्रतिशत लाभांश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

७ बैशाख २०७९, बुधबार १०:५६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बस्नेगरी डाकेको हो ।

उक्त बैठकको निर्णयअनुसार कम्पनीको २५औं सभा वैशाख २८ गते लैनचौर बैंक्वेट, लैचचौर काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको कायम चुक्तापूँजी एक अर्ब ११ करोड १३ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ०५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले कम्पनीको अधिकृत पुँजी दुई अर्बबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने र कम्पनीको चुक्तापूँजी एक अर्ब ३३ करोड रुपैयाँ कायम गर्ने सभाको एजेण्डालाई पारित गर्नेछ । त्यस्तै, अन्य निर्जिबन बीमा ब्यवसाय गर्ने कम्पनीसँग गाभिने वा प्राप्ति गर्ने सम्बन्धि संचालक समितिलाई दिइएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्नेछ ।

यसबाहेक कम्पनीको उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सम्बन्धि अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने र कम्पनीमा रिक्त रहेको स्वतन्त्त संचालक पदमा समितिबाट शोभा श्रेष्ठलाई नियुक्ति गरेकोमा सो को अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरण प्रयोजनार्थ वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लोजको मिति तय गरेको छ । यसअनुसार वैशाख १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*