हिमालयन रिका लागि सेटिङ गर्दै राजश्व सचिव पुस्कर, आतंकवाद पुलमा आधा हिस्सा दिन कसरत

६ बैशाख २०७९, मंगलवार २२:५८

काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयमा बसेर माफिया र प्रधानमन्त्री पत्नी आरजु देउवाबीचको सेटिङ गर्ने कार्यमा सचिव कृष्ण हरि पुस्कर सक्रिय भएका छन् । पुस्करले नै टिप्पणी उठाएको एक फाइल मन्त्रिपरिषदमा पुगेर नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षित बीमा सरकारी कम्पनीबाट खोसेर हिमालयन रि र नेपाल पुनर्बीमालाई आधा आधा वितरण गर्ने निर्णय भइसकेको छ । उनै सचिव पुस्कर फेरि नयाँ योजनासाथ नेपाल पुनर्बीमाको अर्को काम पनि खोस्न सुपारी लिएको खवर छ ।

बीमापोष्टलाई प्राप्त जानकारी अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले हाल नेपाल पुनर्बीमा कम्पनीले गर्दै आएको आतंकवाद पुल व्यवस्थापनको काम समेत आधा आधा हिस्सा माग्दै अर्थमन्त्रालयमा पत्राचार गरेको छ । सो पत्रमाथि राजश्व सचिव पुस्करले प्रक्रिया अघि बढाउन तोक लगाएको स्रोतको दावी छ ।

भ्रष्टाचारी चतुर्भज भट्टका छोरा दीपक भट्ट र थर्मल गन तस्करीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवालले लगानीकर्ताहरुलाई झुक्याएर १०० रुपैयाँ पर्ने शेयरको १६५ रुपैयाँ उठाएर तीन अर्बभन्दा बढि सेटिङमा बीमा समितिबाट पुनर्बीमाको लाइसेन्स लिइएको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा करिब तीन अर्ब रुपैयाँ घुस सेटिङमा दर्ता भएको कम्पनीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले भटाभट सुविधा दिइरहनुले अहिले चुनाव खर्च जुटाउने गरी करोडौं रुपैयाँको सेटिङको सुपारी लेनदेन भएको विश्वास गर्न कठिन छैन ।

सोही विवादित हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पोस्नको लागि धमाधम नेपाल पुनर्बीमा कम्पनीको व्यापार हिस्सा खोस्ने काम भइरहेको छ । रोचक कुरा के छ भने २०५६ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महत अर्थमन्त्री थिए र नेपाली कांग्रेस नेतृत्वको सरकारले कौडीको भाउमा भृकुटी कागज कारखाना शेखर गोल्छासहितको गोल्छा परिवारलाई सुम्पेको थियो । हाल कांग्रेसकै सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले शेखर गोल्छा अध्यक्ष भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई नाफा गराईदिन सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको दोहन गरिरहेको छ ।

उक्त कार्यमा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि (कर्ण) पुस्करको संलग्नता रहेको खुलेको छ । पछिल्लो समय पुस्कर हिमालयन रि इन्स्योरेन्सको एजेन्टले जसरी काम गरिरहेको आरोप अर्थमन्त्रालयभित्रै लाग्ने गरेको छ । आरजुको दवावमा बेला नभई अर्थमन्त्रालयमा आएका पुस्करले विगतमा गरेका राम्रो कामहरुको छविको आडमा धमाधम आरजुको लागि सेटिङको काम गर्दै आएका छन् ।

उनैले हिमालयन रिका लागि आतंकवाद बीमाको पुल व्यवस्थापनको कामको आधा हिस्सा माग गरेको हो । पुस्करले हिमालयन रिलाई उक्त व्यवस्था पूरा गरिदिने शर्तमा सुपारी लिइसकेको स्रोतको दावी छ । अबैध नै अबैध कामले भरिएको हिमालयन रि भने कुन दिन कुन कानुनको लफडामा पर्ने हो भन्ने कुरा अनिश्चित भएकोले नेपाली बीमा कम्पनीहरुले व्यवसाय दिन मानिरहेका छैनन् । त्यसैले सरकारी संरक्षणमा व्यवसाय गर्न हिमालयन रि अग्रसर भएर लागिरहेको छ ।

स्मरणरहोस्, पुस्करकै योजनामा बीमा समितिले गत मंसिर ९ गते एक कीर्ते माईन्यूटमार्फत नेपाली बीमा कम्पनीहरुले सबै पुनर्बीमा नेपालमै गर्नुपर्ने बीमाको सिद्धान्त विपरितको नियम लागू गरेको थियो । सो सम्बन्धमा विवाद विचाराधिन नै अवस्थामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*