सीवाईसी नेपाल लघुवित्तको आइपीओमा साढे २२ लाख बढीको आवेदन
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अन्तिम दिनसम्ममा २२ लाख ७७ हजार ७४३ जनाले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६९।५२ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले वैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्ष्वस्था थियो ।यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ