बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही

रिना खत्री
६ बैशाख २०७९, मंगलवार १५:४८

काठमाडौं ।  बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन दिईसकेको छ ।

बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो।

समितिले निर्देशन दिएको झन्डै २७ दिन हुँदा चार वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना समितिमा पेस गरेका छन्।
नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन् । केही दिन मात्र पुँजि पुराउने दिन बाँकि रह्दा पनि जम्मा चार कम्पनीले मात्र समितिमा क्यापिटल प्लान पेश गरेका हुन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिमा आजसम्ममा चार वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना पेस गरेको बताए।‘क्यापिटल प्लान प्रस्ताव सहित नेको इन्स्योरेन्स , मेट लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल  र सन नेपाल लाइफ इन्स्योरेन्स छन् ’, उनले भने।

हाल बीमा कम्पनीहरुको आकार सानो हुनुका साथै संख्या धेरै भएकाले समितिले पुँजीवृद्धि योजना ल्याएको उनले बताए ।
समितिले कम्पनीहरुले क्यापिटल प्लान पेश गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्ने र सो अनुसार अध्ययन गरि मर्जर वा पुँजिवृद्धिको विकल्पमा जान सक्ने बिषयमा अध्ययन गरि सोहि अनुसार निर्देशन दिनेछ ।

बीमा कम्पनीहरुलाई वैशाख १० सम्मको समय दिएको छ। समयमा क्यापिटल प्लान पेश नगर्ने कम्पनीहरुलाई ऐन अनुसार नै कार्वाही गरिने समितिले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*