अभियान र आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

६ बैशाख २०७९, मंगलवार १४:२०

काठमाडौं ।  अभियान लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत २१ गते निवेदन दिएको हो ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते बोर्डमा निवेदन दिएको हो ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ । ती दुबै कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएपछि शेयर निष्कासन गर्नेछन् । अभियान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ भने आत्मनिर्भर लघुवित्तको केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*