आइपीएलको सिजनमा ५० अर्बको बीमा
काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजनमा १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने भएका छन् । खेल प्रतियोगितामा आइपीएल भारतको इतिहासमा सबैभन्दा ठूलो बीमा गरिएको खेल बनेको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कभरेज सीमा २५ प्रतिशतले बढाएपछि गत वर्ष ४० अर्ब रुपैयाँको बीमा गरिएकोमा यसपटक ५० अर्ब रुपैयाँ बराबरको बीमा गरिएको छ ।आइपीएलको इन्स्योरेन्स पोलिसीमा बीसीसीआई, टीम, ब्रोडकास्टर, स्पोन्सर, मौसम, आन्दोलन, खेलाडीको शुल्क र स्वास्थ्यबीमाका साथै कैयन क्षेत्र समावेश गरिएको छ ।
गत वर्षको तुलनामा आइपीएलको आकार ठूलो भएको छ, जसले जोखिम पनि बढाएको छ । न्यू इन्डिया असुरेन्स, नेशनल इन्स्योरेन्स, युनाइटेड इन्डिया इन्स्योरेन्स, आइसीआइसीआई लोमबार्ड, एसबीआई जनवर, मनिपाल सिग्नालगायतका कम्पनीले आइपीएलका लागि अधिकांश बीमालेख जारी गरेका छन् ।