बीमा समितिको प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश

६ बैशाख २०७९, मंगलवार १३:१०

काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका अझ विस्तार गर्न  प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो । समितिले आगामी आर्थिक आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई सुझाव दिने क्रममा प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो ।

उक्त प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरेमा आगामी आर्थिक वर्षमा बीमा समितिले प्रादेशिक कार्यालय स्थापनाको गृहकार्य अघि बढाउने समितिले जनाएको छ । बीमाको नियमन कार्यलाई प्रदेशस्तरसम्म विकेन्द्रीत गरी बीमा सेवाको विस्तार र प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण गर्न प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव गरेका हौं, प्रदेशस्तरमा कार्यालय भयो भने समितिको नियमकारी भूमिका थप सशक्त हुन्छ भनेर यस्तो प्रस्ताव गरिएका समितिले जनाएको छ।

हाल बीमा कम्पनीहरुको नियामक निकायको सम्पूर्ण कामहरु काठमाडौंमा मात्र हुने गरेको छ । नियामक निकायको उपस्थिी सबै प्रदेशमा पुग्नुपर्ने जरुरी रहेको भन्दै समितिले प्रदेश शाखा कार्यलयको लागि टेण्डर आहवान समेत गरिसकेको छ।
आफूले नियमन र सुपरिवेक्षण गर्नुपर्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा मात्रै रहेको अवस्थामा नियामक निकाय समितिले भने प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*