नबिल बैंक र पिआइएससीबीच सम्झौता

६ बैशाख २०७९, मंगलवार १३:०७

काठमाडौं । नबिल बैंक लिमिटेडले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)सँग सम्झौता गरेको छ । बैंकले युवा उद्यमशीलतालाई सहयोग पुर्याउन पिआइएससीसँग सम्झौता गरेको हो ।

बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकले पिआइएससीको आयोजनामा काठमाडौंमा सम्पन्न ‘युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा संचालित दुई दिने कार्यशालाको प्रायोजनमा उक्त सम्झौता गरेको हो ।

युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ ।

उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्नेछ । उक्त कार्यशालामा बोल्दै बैंकका महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक बृद्धी तथा दिगो विकाशका लक्ष्यहरु हसिल गर्नुपर्ने बताउनुका साथै बैंकमा दिगो बैंकिङ सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको जानकारी गराए ।

नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आउनुका साथै महिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*