छिमेक लघुवित्तको स्वतन्त्र संचालक रिता पन्तको पदावधि समाप्त
६ बैशाख २०७९, मंगलवार ११:४०
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक रिता पन्तको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै उनको कार्यकाल समाप्त भएको जनाएको हो ।
लघुवित्तको स्वतन्त्र संचालक पन्तको पदावधि २०७८ साल चैत ३० गतेदेखि समाप्त भएको कम्पनी जनाएको छ ।