सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत

६ बैशाख २०७९, मंगलवार ११:२३

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।कम्पनीले आर्थिक बर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएसँगै अगामी साधारण सभाबाट लाभांश पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।

लाभांश पारित गर्नका लागि कम्पनीले वैशाख २८ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*