इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स

६ बैशाख २०७९, मंगलवार ११:०२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ । बागबजारस्थित गौरीशंकर फर्निसिङले पनि सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा गरेकोमा उक्त कम्पनीको गोदाममा आगो लाग्यो । करोडौंको क्षति भयो । कम्पनीले दावी भुक्तानी दिन मानेको छैन ।

बीमितले बीमा समितिमा उजुरी दिएपछि बीमा समितिले बीमितलाई दावी भुक्तानी दिनुपर्ने फैसला गर्यो । बीमा समितिले गरेको फैसला नमानी पुनरावेदनको लागि उच्च अदालत पुगेको सगरमाथा इन्स्योरेन्स कम्पनीले त्यहाँबाट पनि मुद्दा हारेको छ । अन्तिम किनारा लागिसकेको मुद्दा कार्यान्वयन गर्न अझै मानेन । नेपालको प्रचलित कानुन बमोजिम दर्ता भएको बीमा कम्पनीले बीमितलाई दावी भुक्तानी दिने बेलामा भने कानुनको अवज्ञा गर्ने तथा कानुनको छिद्रहरु खोजेर कार्यान्वयनमा भाँजो हाल्दै आइरहेको छ ।

सो मुद्दामा बीमा समितिले गत चैत्र २२ गते तत्काल फैसला कार्यान्वयन गर्न पत्र लेखेपछि पुनः अन्तरिम आदेश लिएर बसेको छ । बीमा समितिले फैसला कार्यान्वयन गर्न खोजेपछि सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश पाएको छ । इजलाशमा झुक्याएर अन्तरिम आदेश लिएको भएपनि उक्त आदेश अल्पकालिन हो । अल्पकालिन अन्तरिम आदेश यही बैशाख ७ गतेका लागि छलफलमा बोलाइएको छ । बैशाख ७ गतेको इजलाशबाट अन्तरिम आदेशलाई निरन्तरता नपाउने वित्तिकै सगरमाथा इन्स्योरेन्स र उक्त कम्पनीका कानुनको अवज्ञाकारी सिईओ चंकी क्षेत्रीमाथि पुनः फैसला कार्यान्वयन गर्नैपर्ने ठाउँमा पुग्नेछन् ।

 

 

पैसा, पावर र इजलाशको साहारामा बीमितमाथि अन्या गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीको ब्राण्ड इमेजमाथि धक्का लगाउने कार्यमा आफै संलग्न रहँदै आएका छन् । सिईओ चंकी क्षेत्रीले इजलाशको साहारामा बीमितमाथि धम्क्याउने, गलाउने र दावी भुक्तानी नगर्ने श्रृंखला अब रोकिने चरणमा पुग्न लागिसकेको छ । यद्यपि उनले दावी भुक्तानी नदिन तथा बीमितमाथि अपराध गर्न अझै कुन कुन इजलाशको साहारा लिने हो ? त्यो अझै प्रतिक्षा गर्नुपर्नेछ । सगरमाथा इन्स्योरेन्सको अध्यक्ष आरके मानन्धर समेत बीमितमाथि हुने अपराधमा संलग्न हुनु अर्को आश्चर्यको विषय बनेको छ ।

जुनसुकै बाहानामा होस्, बीमितमाथिको अन्यायले सगरमाथा इन्स्योरेन्स कम्पनी र सो कम्पनीका सिईओ चंकी क्षेत्रलाई मात्रै नोक्सान पुर्याउँदैन यसले सिंगो बीमा जगतले शिर निहुराउनुपर्ने अवस्था सिर्जना गर्दैछ । रोचक कुरा त के छ भने यस्ता गलत रवैयाले सिंगो बीमा क्षेत्रमा पार्ने असरबारे नेपाल बीमक संघमा छलफल गरी यस्ता घटनाहरु न्यूट्रलाईज्ड गर्न भूमिका निर्वाह गर्नुपर्ने ठाउँ अर्थात नेपाल बीमक संघको अध्यक्ष सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्री आफै छन् । संघकै अध्यक्षको संलग्नतामा बीमितमाथि यो हदको अत्याचार, अन्याय र अपराध गरेपछि आम बीमितहरुले बीमा क्षेत्रबाट के आशा गर्ने प्रश्न चिन्ह उब्जिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*