प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
६ बैशाख २०७९, मंगलवार १०:५८
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको हो ।
कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम चैत २५ गते बसेको बैठकको निर्णयअनुसार संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र सम्पूर्ण विवरण खुलाई बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बोलपत्र पेश गर्न सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन परेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संघ।संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।