नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
६ बैशाख २०७९, मंगलवार १०:५२
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्नका लागि वाणिज्य बैंकहरुलाई गौपय शिलबन्दी पेश गर्न आह्वान गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनको लगानीयोग्य अमेरिकी डलर वाणिज्य बैंकहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गनुपर्ने भएकाले नेपाल राष्ट्र बैंकका इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी शिलबन्दी प्रस्ताव पेश गर्नसक्नेछन् ।
क वर्गका बैंक तथा वित्तीय संस्थाहारुले कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम कम्पनीको वेबसाइट https://nepalre.com.np/ मार्फत भरी ५ दिनभित्र कार्यालय समयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।