आर्थिक सङ्कटमा फसेको श्रीलंकामा नयाँ सरकार गठन, १७ मन्त्री नियुक्त

५ बैशाख २०७९, सोमबार २२:३८

कोलम्बो । आर्थिक संकटका कारण जनता सडकमा उत्रिएपछि श्रीलंकाका सबै मन्त्रीहरुले राजिनामा दिएपछि खाली भएकोमा आज नयाँ सरकार गठन गरिएको छ । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तीव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उहाँले बताउनु भएको छ । नवनियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराई सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको हो । नयाँ थपिएका मन्त्रीहरुमध्ये आठजना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् ।

यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए । देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*