सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

६ बैशाख २०७९, मंगलवार ०६:०३

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा साढे १८ लाख बढीले आवेदन दिईसकेका छन् ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो। जसमा कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*