युनियन लाइफको साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय

५ बैशाख २०७९, सोमबार १७:२७

काठमाडौं ।  युनियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।कम्पनीले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा वैशाख १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।साथै सभाले मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*