शेयरबजारमा उच्च गिरावट, नेप्से ४० अंकले घट्दा कारोबार एक अर्बमा खुम्चियो

५ बैशाख २०७९, सोमबार १५:११

काठमाडौं । नयाँ वर्षको शेयर कारोबारको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से परिसूचक आज ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा कायम भएको छ ।

गत वर्षको भदौ महिनामा ३२ सयको इन्डेक्समा पुगेको नेप्से त्यसयता घट्दै घट्दै २३।२४ सयको विन्दुमा कायम हुन पुगेको छ । साताको दोस्रो दिन पनि नेप्से सूचक १.७५ प्रतिशतले घटेर सूचक २३४३ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कम्पनीको एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँको कारोबार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव र विदेशी मुद्रा संचिति घट्दै जानुले शेयरबजारमा प्रभाव पारेको शेयरविज्ञहरुले प्रक्षेपण गरिरहेका छन् ।

देशमा आर्थिक संकट भित्रिएको कारण शेयरबजार निरन्तर ओरालो लागेको लगानीकर्ताहरुको ठम्याई छ । यसैबीच आज नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक घट्ने समूहमा बीमा समूह रहेका छन् । केही दिनयता बीमा कम्पनीहरुको शेयर लगातार घटिरहेको छ ।

निर्जिबन बीमा समूहको आज सर्वाधिक ३४२.३७ रुपैयाँ र जीवन बीमा समूहको २६३.९६ रुर्पैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*