राष्ट्र बैंकका गर्भनरले गरेकोे सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता

५ बैशाख २०७९, सोमबार १३:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा हिजो दायर गरेको रिट आज दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिट सोमबार दर्ता भएको हो ।गभर्नर अधिकारीले गत ११ दिनअघि सरकारले आफूलाई निलम्बन गर्दै जाँचबुँझ समिति गठन गरेको विरोधमा आइतबार सर्वोच्च अदालत पुगेका थिए ।

सरकारले गभर्नर अधिकारीलाई सरकारलाई असहयोग गरेको लगायतका कारण देखाउँदै निलम्बन गरेको थियो ।साथै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति समेत गठन गरेको थियो । समितिमा डा। सूर्य थापा र डा। चन्द्रकान्त पौडेल सदस्य छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*