प्रि ओपनिङ्ग सेसनमा नै साढे ५ लाखको शेयर खरिदबिक्रि
५ बैशाख २०७९, सोमबार ११:३१
काठमाडौं । प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका चार कम्पनी मध्ये ३ वटै कम्पनीको शेयर कारोबारमा वृद्धि भएको छ।यस अवधिमा नेप्से १.०१ अंकले बढेसँगै सूचक २ हजार ३८६ दशमलव ६६ बिन्दुमा पुगेको छ ।