सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार

५ बैशाख २०७९, सोमबार १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*