फर्स्ट माइक्रोफाइनान्सको तेस्रा त्रैमासमा यस्तो देखियो वित्तिय विवरण
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण्म समर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
्यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६१.५९ प्रतिशत बढेको छ।
त्यसैगरी, लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४८.९६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ८२ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.४१ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ।