समृद्धि फाइनान्स र ए टु जेड अनलाइनबीच छुट सम्झौता
५ बैशाख २०७९, सोमबार १०:४६
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच छुट सम्बन्धी सम्झौता भएको छ । फाइनान्सका ग्राहरुहरुलाई उक्त बजारबाट समान खरिद गर्दा विशेष छुट प्रदान गरिने गरी समझदारी भएको हो ।
अब फाइनान्सका ग्राहकहरुले ए टु जेड अनलाइन बजारबाट सामग्री जस्तै ल्यापटप, मोबाइल, टीभी र अन्य इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा १२.५ प्रतिशत वा अधिकतम २० हजारसम्म छुट पाउनेछन् ।
उक्त सेवा सुविधा मोबाइल बैकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नेपालपे क्यूआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने छ । फाइनान्सले हाल ५ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।