दोर्दी खोला जलविद्युतले बैशाख १३ गतेदेखि स्थानीयको लागि आईपीओ जारी गर्ने

५ बैशाख २०७९, सोमबार १०:३०

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरण आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि वैशाख १३ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको हो ।

कम्पनीले स्थानीयमा जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर १ सय रुपैयाँँ अंकित मूल्यका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका साविकको भारते,अर्चलबोट, श्रीभञ्ज्ङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८ वडा ) लागि आईपीओ निष्कासन गरेको हो ।

स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म यो आईपीओ विक्रीमा रहनेछ उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसीशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसीशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसीशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसीशहर शाखा, लमजुङबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*