नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँड

५ बैशाख २०७९, सोमबार १०:१८

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट गरिएको छ । कम्पनीले चैत १० गतेदेखि १७ गतेसम्म संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीमा ल्याएको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई चैत २४ गते बाँडफाँट गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थापक समूहको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता११५ दशमलव ३८ रुपैयाँ र सर्वसाधारण समूहको न्यूनतम मूल्य ४२२ रुपैयाँ तोकेर यो शेयर लिलामीमा ल्याएको हो ।

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख ५ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*