आईएमएफले आरएसटी कोष गठन गर्ने निर्णय, महासचिव गुटरेसले गरे स्वागत

४ बैशाख २०७९, आईतवार २३:४५

संयुक्त राष्ट्रसंघ (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषले नयाँ आईएमएफ कोष गठन गर्ने निर्णय गरेको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भएको छ ।

महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ आरएसटी अनुमोदन गरेकामा बधाइसमेत व्यक्त गर्नुभएको छ । “आरएसटीले विकासोन्मुख देश, कमजोर मध्यमआय भएका देशलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड–१९ महामारीजस्ता समस्यालाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्यासँग जुध्न सहयोग गर्नेछ, विज्ञप्तिमा भनिएको छ । “हामीले वर्तमान त्रि–आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ ”, विज्ञप्तिमा थपिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*