२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?

४ बैशाख २०७९, आईतवार १८:४६

काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ ।

आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह ओरालो लागेका छन्। सर्वाधिक गिरावट वित्त, जलविद्युत र होटल तथा पर्यटन उपसमूहमा देखिएको छ। यी उपसमूह २ प्रतिशत भन्दा बढी घटेका छन्। विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रसोधन, निर्जीवन बीमा र अन्य उपसमूहमा एक प्रतिशत अधिकले घटेको छ ।

२०७९ को पहिलो कारोबार दिन सेयर बजारमा फराकिलो अंकले गिरावट आएको छ। २०७८ सालको अन्तिम कारोबार दिन सेयर बजार हरियालीका साथ बिदा भएको थियो। तर निकै दिनपछि लगानीकर्ताले अनुभव गरेको हरियालीको सो उमंग बजारले २०७९ को पहिलो कारोबारमा नै भंग गर्न पुग्यो।

२०७९ को पहिलो कारोबार दिन धितोपत्र कारोबार मापक नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ को विन्दुसम्म ओर्लन पुगेको छ। २०७८ सालालाई बिदा गरेको दिन भने परिसूचकले ३०.२४ अंकको छलाङ मारेर २४१५.२४ को विन्दुसम्म उक्लिएको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुको पुँजीवृद्धिको लागि एक बर्षको समयअवधि दिएको छ । चुक्ता पुँजिको समाचारले एकाएक बीमा कम्पनीहरुको शेयर मूल्य वृद्धिभएपनि दिघकालीन रुपमा भने रहेन । नेप्सेमा सूचीकृत ४० जीवन बीमा कम्पनी मध्ये २४ बीमा कम्पनीकोशेयर मूल्यमा गिरावट आएको छ।

नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनी मध्य १० वटा जीवन बीमाको शेयर मूल्य घटेको छ ।त्यस्तै निर्जीवन बीमा तर्फ १८ कम्पनीहरु मध्य १२ कम्पनीको शेयरमा गिरावट आएका छन् । त्यस्तै जीवन र निर्जीवन बीमा तर्फ वृद्धि भएका कम्पनीको पनि सामान्य मात्र सुधार देखिएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आज ७७३ मा सुरु भएर अधिकतम ७७६ हुदै न्यूनतम ७४९.८ मा झरेर ७५० मा अन्तिम कारोबार भएको छ । यूनाइटेड इन्स्योरेन्स नेपालको शेयर कारोबार आज ६०५ मा सुरु भएर अधिकतम ६०५ हुदै न्यूनतम ५७०.४ मा झरेर ५८१.६ मा अन्तिम कारोबार, प्रिमियर इन्स्योरेन्स कम्पनी ८३० मा सुरु भएर अधिकतम ८५५ हुदै न्यूनतम ८३० मा झरेर ८४५ मा अन्तिम कारोबार भएको छ । एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार ५८५ मा सुरु भएर अधिकतम ५८६ हुदै न्यूनतम ५७३ मा झरेर ५७७.७ मा अन्तिम कारोबार भएको छ । नेको इन्स्योरेन्सको शेयर कारोबार आज ८७६.२ मा सुरु भएर अधिकतम ९०४ हुदै न्यूनतम ८७६.२ मा झरेर ८८२ मा अन्तिम कारोबार भएको छ ।

जीवन बीमा कम्पनी अन्तर्गत आज नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार ९७० मा सुरु भएर अधिकतम ९७३ हुदै न्यूनतम ९५१ मा झरेर ९५१ मा अन्तिम कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको शेयर कारोबार ७८४ मा सुरु भएर अधिकतम ७८४ हुदै न्यूनतम ७५२ मा झरेर ७५२.३ मा अन्तिम कारोबार भएको छ । त्यस्तै एशियन लाईफ इन्स्योरेन्सको ७९७ मा सुरु भएर अधिकतम ८०६ हुदै न्यूनतम ७८५ मा झरेर ७८६.१ मा अन्तिम कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*